सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य (मानव) माथी कोहलपुरमा आक्रमण भएको छ ।
बुधबार राती करिब १० बजेतिर चौराहा नजिकै रहेको कोहलपुर नगरपालिकाको कार्यालय नजिक उनलाई आक्रमण हो ।
नेपालगन्जबाट फर्किएर घर जाने क्रममा आफुमाथी अपरिचित समुहले हमला गरेको मानवले जानकारी दिए ।
अज्ञात समूहको आक्रमणबाट घाइते नेता मानवको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।
घटनामा संग्लनहरुको खोजी भइरहेको कोहलपुर प्रहरीले जनाएको छ । पछिल्लो समय बाँके प्रहरीको नेतृत्वको कारण सुरक्षा व्यवस्था कमजोर बन्दै आएको छ ।
प्रकाशित मिति : २०७७ मंसिर १८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्