सम्पादकीय : औद्योगिकरणमा जोड



कर्णाली विकासमा अन्य प्रदेशमा पछि रहेको प्रदेश हो । विकास र औद्योगिकरणको अथाह सम्भावाना भएपनि कर्णाली तत्कालिन शासकहरुको नजरमा पर्न नसकेका कारण विकासमा पछि नै छ । कुल १७ लाख जनसंख्या रहेको कर्णालीलाई अहिले पनि भोक र अभावको प्रायका रुपमा चिन्नेहरु धेरै छन् । आम रुपमा रुपमा भने जस्तो र सोचे जस्तो नभएपछि देशका अन्य क्षेत्रमा विकास नभएको भने साँचो हो । समग्र विकासका दृष्टिले कर्णालीमा अझै धेरै विकास हुन बाँकि छ । जति विकासको सम्भावना छ । कर्णालीमा सोही अनुसार विकास हुन सकेको छैन । त्यसैले कर्णालीमा बृहत विकासको आवश्यकता छ ।

कर्णालीको विकासको लागि अब कर्णालीबासी नै सक्रिय हुने बेला आएको छ । विकास क्रमिक प्रक्रियामा हुने भएपनि त्यसको गति भने सुस्त हुनु हुदैन । कर्णालीमा यावत कारणले त्यो कुरा देखिएको छ । जुन समयमा सच्याउन आवश्यक छ । अहिलेको आवश्यकता भनेको कर्णालीको विकास नै हो । कर्णालीमा विकासका पूर्वाधारको पर्याप्तता छैन । पछिल्लोको भन्दा अहिले सकारात्मक रुपमा विकासले गति लिएको छ । प्रदेश औद्योगिकरणको प्रारम्भिक चरणमा छ । अहिले जिल्ला जिल्लामा साना तथा मझौला उद्योगहरु खुल्ने क्रम जारी छ । सुविधाहरु पनि विस्तार हँुदैँ छन् । सडक सञ्जाल जोडिदै छ । हवाई सेवाको सहज पहुँचको अवस्था पनि बन्दै छ । समग्रमा कर्णालीबासीमा अहिले चेतनाको स्तर समेत बढ्दो क्रममा छ । त्यसैले हामी सबैले यसको लागि एकजुट हुनैपर्छ । केही तथ्यांकहरुलाई केलाउँदा कर्णालीमा साना तथा मझौला उद्योगहरु थपिनु सकारात्मक छ ।

अबको आवश्यकता भनेको ठूला उद्योग सञ्चालन नै हो । जसरी पनि रोजगारी विस्तार गरी जनताको आयस्तर बढाउनु पर्छ । अहिले पनि रोजगारीको लागि कालापहाड धाउनु पर्ने कर्णालीका नागरिकहरुको नियतीको अन्त्य गर्न प्रदेश तथा स्थानीय सरकार लाग्नै पर्छ । प्रदेशको विकासको लागि कसम खाएका जनप्रतिनिधिहरुले पनि आत्मकेन्द्रीत भन्दा पनि समग्रमा विकास हुने काममा बढी ध्यान दिनुपर्छ । हरेक क्षेत्रमा व्याप्त राजनीति यहाँको एक प्रमुख समस्या हो । त्यही समस्या समाधानको लागि कर्णालीबासी एकजुट बन्नैपर्छ । हरेक बृहत आयोजनालाई जोड दिउ । रोजगारीको बृद्धि गरौं । उद्योग, कर कारखाना स्थापनाको लागि पहल गरौं । समृद्ध कर्णालीको परिकल्पनाका साथ अघि बढौं ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर १४ गते आइतबार