कर्णाली १२ थप, ७८ डिस्चार्ज



सुर्खेत ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा आइतबार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा रहेका विभिन्न पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप १२ जनामा संक्रमण देखिएको हो ।

संक्रमित थपिनेहरुमा दैलेखका पाँच, रुकुमपश्चिमका तीन, सुर्खेतका दुई, जाजरकोटका एक र अन्य प्रदेशका एक जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले बताए ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार आठ सय ६५ जना पुगेको उनले जानकारी दिए । आइतबार १२ जना संक्रमित थपिदा ७८ जना कोरोना जितेर प्रदेशका विभिन्न जिल्लाबाट घर फर्किएका थिए ।

योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या पाँच हजार ३६ जना पुगेको स्वास्थ्य शिक्षा अधिकृत कंडेलले बताए । कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १७ गते सोमबार