आज दशैंको टिकाः उत्तम साईत बिहान १०ः१९ बजे



कोहलपुर ।

आज दशैंको टिकाको दिन साईत बिहान १०ः१९ बजे उत्तम रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टिकाको साईत बिहान १० बजे १९ मिनेटमा उत्तम रहेको छ । बिहान ९ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिले जनाएको छ ।

विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम रहेको हो । दिनभर पनि टिका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १० गते सोमबार