फेरी एकपटक प्रदेश ५ को स्थायी राजधानी बारे बहस सुरु भएको छ । प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेश सभामा पेश गरेसँगै यो बहस फेरी बाहिर आयो ।
खासगरी पहिलेदेखि नै दाङ र बुटवल कहाँ स्थायी राजधानी तोक्ने बनेर विवाद थियो । शुक्रबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव पेस गरेपनि बहस चोक चौतारामा भइरहेको छ । देउखुरीलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव मन्त्री केसीले प्रदेश सभामा प्रस्तुत गरेका छन् । प्रदेश सभा बैठकले समेत आगामी १९ गते बस्नेगरी स्थगित भइसकेको छैन ।
यसको अन्तिम टुङ्गो प्रदेश सभा बैठकबाट नै लाग्नेछ । प्रदेशको स्थायी राजधानी बुटवल तोकिए कर्णाली प्रदेशमा मिसिने यसअघि बाँके बर्दियाले धम्की दिदैं आएका थिए । सम्रगमा भन्नुपर्दा संघियताको मर्मलाई ध्यानमा राखेर अस्थायी राजधानी तोकिनुपर्नेमा प्रदेशबासीको माग थियो । यसअघि गण्डकी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशले नाम र राजधानीबारे टुंगो लगाइसकेको छ । प्रदेश १ र प्रदेश २ ले भने नाम र राजधानीबारे टुंगो लगाउन सकेको छैन । सत्तारुढ नेकपा बाहेक प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दलहरुले दाङ देउखुरी प्रदेशको स्थायी राजधानी बनाउने सरकारको निर्णयको विरुद्ध छन् ।
काँग्रेस रुपदेन्हीले त सडक आन्दोलनको घोषणा गरिसकेको अवस्था छ । प्रदेश ५ को नेकपा संसदीय दलको बैठकले मतदानका क्रममा सरकारको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । बैठकमा नेकपाका प्रदेशसभा सदस्यले आफ्ना असन्तुष्टि राखे पनि दाङ देउखुरीमा प्रदेशको स्थायी राजधानी तोक्ने सरकारको पक्षमा उनीहरुले मतदान गर्नेछन् । नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ । प्रदेशको स्थायी राजधानी र नामबारे अन्तिम टुंगो आगामी दिनमा बस्ने प्रदेश सभा बैठकबाट लाग्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्