भिडियो भाइरल भएपछि नोराको प्रतिक्रिया यस्तो !



एजेन्सी ।

केही दिनदेखि डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ को सेटको भाइरल भइरहेको आफ्नो भिडियोबारे नोरा फतेहीले प्रतिक्रिया दिएकी छन् ।

शत्रुघ्‍न सिन्हादम्पती आएको एपिसोडको एक भिडियो सामाजिक सन्‍जालमा भइरल भइरहेको छ । उक्त भिडियोमा भएको घटनाबारे सामाजिक सन्‍जालका प्रयोगकर्ताहरुले आक्रोश पोखिरहेका छन् । भिडियोमा शोका तीनै निर्णायक गीता कपुर, टेरेन्स लुइस र नोरा फतेही सिन्हा दम्पत्तीलाई नमस्कार गर्न आफ्नो कुर्सीबाट अगाडि आउँछन् ।

नमस्कार गर्ने क्रममा आफ्नो छेउमा उभिएकी नोरालाई टेरेन्सले अनुपयुक्त रुपमा छोएको देखिन्छ । जसपश्चात उक्त एपिसोडको यो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

दर्शकले टेरेन्सलाई गाली गरिरहेका छन् । यसका साथै कति दर्शकले यस्तो हर्कत गर्दा पनि नोराले केही प्रतिक्रिया नजनाएको भन्दै उनीमाथि पनि दर्शकले आक्रोश पोखे ।

टिका-टिप्पणीकै बीच टेरेन्सले इन्स्टाग्राममा शोकै क्रममा प्रस्तुति दिँदा नोरालाई उठाएको फोटो सेयर गर्दै एक गुरु र भिक्षुको कहानी लेखेको पोस्टमा नोराले भाइरल भिडियोको प्रतिक्रिया दिएकी हुन् ।

जसमा नोराले कमेन्ट गर्दै यस्तो प्रतिक्रिया दिएकी छिन्, “धन्यवाद टेरेन्स ! सामाजिक सन्‍जालमा मेमका लागि भिडियो र फोटोसप गरी प्रयोग गर्ने आजको समयमा तपाईंले यो कुराले आफूमाथि असर पर्न दिनुभएन र तपाईं शान्त र मर्यादित रहनुभएकामा म खुसी छु ।

यो समय पनि बित्‍नेछ । गीतमा मलाई एक निर्णायकका रुपमा सम्मान गर्नुहुन्छ । शोमा निर्णायक हुन पाउनु मेरो जीवनको ठूलो अनुभव हो ।” -बलिउड हंगामा

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १५ गते बिहीबार