शिवु खनाल । दाङ ।
दाङको लमही नगरपालिका वडा नम्बर ४ की मिना चौधरीले व्यवसायिक रुपमा खेति गर्दै आएकी छिन् । उत्पादन गरेको तरकारी छिटुवामा राखेर बजारमा डुलाएर उनले बिक्री गर्छिन् । महिला उद्यमीलाई सहयोग पु¥याइरहेको महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाले साइकल र क्यारेड वितरण गरेपछि मिना जस्तै व्यवसायिक तरकारी खेति गर्ने उद्यमी महिलाहरु खुसी छन् ।
‘छिुटवामा हिड्दै घरघरै तरकारी डुलाएर बिक्री गर्न अप्ठेरो भएको थियो’ उनले विगत सम्झिदै भनिन्, ‘अब साइकल पाएपछि धेरै तरकारी पनि ल्याउन सकिने भयो, अहिले धेरै सजिलो हुन्छ ।’ उनी जस्तै लमही नगर क्षेत्रका १० जना तरकारी खेति गर्ने उद्यमी महिलाहरुले साइकल र क्यारेड वितरण गरिएको छ । प्रति उद्यमीलाई आठ हजार बराबरको साइकल र क्यारेड वितरण गरिएको हो । यस्तै राजपुर गाउँपालिकाकी रमावती यादवले व्यवसायीक रुपमा भैंसी पालन गर्दै आएकी छन् । डेरीसम्म दुध पु¥याउन समस्या भएपछि उक्त संस्थाले दश हजार मुल्यका दुई वटा क्यान सहयोग ग¥यो ।
क्यान पाएपछि यादवले अब दुध जर्कीनमा बोक्नु नपर्ने बताइन् । गढवा गाउँपालिकाकै शुसिला नेपालीलाई सो केन्द्रका ८८ जना महिलालाई व्यवसायिक बाख्रापालन गर्नको ४० हजारमा बोयर जातको बोका वितरण गरिएको थियो । बोयरजातको बोका समाउँदै उनले व्यवसायीक बाख्रापालनबाट उन्नत जातको बाख्रा पालन गर्नको लागि सहयोग पुगेको बताइन् । त्यसैगरी राप्ती गाउँपालिकाकी २ की देवी कुमालले व्यवसायीक रुपमा च्याउ खेती गर्दै आएकी छिन् ।
च्याउ खेतीको लागि टनेल निर्माण गर्नको लागि उनलाई २० हजार बराबरको आर्थिक सहयोग गरिएको थियो । देउखुरीका चारवटा गाउँपालिकाका ३२ वटा उद्यमीहरुलाई व्यवसायमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाका बरिष्ठ अधिकृत रमेश अधिकारीले जानकारी दिए । उक्त सहयोग ग्राहक संरक्षण कोषको रकमबाट गरिएको हो । उद्यमीलाई संस्थाले ग्राहक संरक्षण कोषबाट जम्मा दुइ करोड बराबरको रकम सहयोग गर्ने कार्यक्रम रहेको छ ।
२०५० सालमा स्थानिय महिलाको नेतृत्वमा स्थापना भएको उक्त सस्थाले अहिले आफ्नो कार्य क्षेत्रलाई प्रदेश ५ का १० वटा जिल्लमा सेवा विस्तार गरेको छ । यसैविच एक कार्यक्रम बीच महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाले उद्यम विकास कार्यक्रमद्धारा प्रवद्र्धन गरिएका साना तथा मझौला उद्यमी सदस्यहरुलाई संस्थागत ग्राहक संरक्षण कोष द्धारा व्यवसायीक प्रवद्धृन गर्न अनुदान वितरण कार्यक्रम लमहीमा सम्पन्न गरेको छ । सोही अवसरमा देउखुरी क्षेत्रका चारवटा पालिकाका रहेको शाखा तथा केन्द्रमा आवद्ध उद्यमीहरुलाई अनुदान वितरण समेत गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्