बाँकेमा थप ८ जना कोरोना पुष्टि



बाँके ।
बाँकेमा आइतवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकामा ५, कोहलपुरमा २ र नरैनापुर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ७ गते आइतबार