नेविसंघद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी



कोहलपुर ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । नेविसंघ इकाई समितिले सोमबार पक्राउ आफ्ना नेता कार्यकर्तालाई अबिलम्ब रिहाईको माग गर्दै क्याम्पसमा तालाबन्दी गरेको हो ।

त्रिभुवन विश्वविद्यालयमा विधिविधानलाई तिलाञ्जली दिँदै अवैधानिक नियुक्ति गरी निरंकुशतापूर्वक थुपार्ने प्रबृत्तिको विरोध गर्दा पक्राउ परेका नेविसंघका नेता कार्यकर्ता रिहाईको माग गर्दै तालाबन्दी गरिएको इकाई सभापति चन्द्रप्रकाश देवकोटाले जानकारी दिए ।

पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहाई गरी प्राज्ञिक वातावरण निर्माण गर्न देवकोटाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने समेत नेविसंघले चेतावनी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १ गते सोमबार