थपिए कोरोनाका चार सय ७६ संक्रमित



सोमबार कोरोनाभाइरसका चार सय ७६ जना नयाँ संक्रमित भेटिएका छन्।

विगत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

आइतबार कोरोना संक्रमित १२ हजार सात सय ७२ जनामा कोरोना देखिएको थियो। यो संख्या बढेर सोमबार १३ हजार दुई सय ४८ पुगेको हो।

सोमबार एक सय २१ जना कोरोना निको भएर घर घर्किएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १५ गते सोमबार