कोहलपुर
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्क नजिक करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ ।
मंगलबार बिहान टाउन प्लानिङमा विस्तार गरिएको विद्युतीकरणको काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका ११ का ३७ वर्षिय शसिराम चौधरी रहेका छन् । लाइन विस्तारको लागि बिजुलीको पोलमा चढेका उनको करेन्ट लाग्दा भुईमा खसेका थिए ।
लगत्तै उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असार २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्