शुभाकर विश्वकर्मा । कोहलपुर ।
तुफानी बेगमा कोरोना संक्रमण फैलिरहेका बेला प्रमुख जिल्ला अधिकारी परिवर्तनले बाँकेमा ठूलै हलचल ल्यायो । कोरोना संक्रमणको ‘इपिसेन्टर’ बन्दै गएको बाँकेका लागि यो खबर सनसनीपूर्ण थियो । बाँकेमा प्रजिअ कुमार बहादुर खड्काले महामारीको बेला अपनाउनु पर्ने ‘प्रशासनिक कौशल’ देखाउन सकेका थिएनन् । खासगरि कोरोना महामारीको बेला उनले चालेका कदम असफल सावित भइरहेका थिए । नरैनापुरको क्वारेन्टिनमा बसेका युवकको मृत्युपछि मात्रै संक्रमण पुष्टि भयो ।
पछि संक्रमितको व्यवस्थापनमा ढिलाइ भएको भन्दै उनको कार्यशैली माथि नै जनस्तरबाट समेत प्रश्न उठाइयो । त्यस अघि पनि रुपैडियाँ नाकाबाट थामिनसक्नुको मानिसका ताँती व्यवस्थापनमा समेत उनी चुकेका थिए । बाँकेमा संक्रमित बढिरहेका बेलामा जिल्लाभरी क्वारेन्टिनमा व्यवस्थापन गर्न सुरक्षा निकाय (नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना) स्पष्ट निर्देशन पर्खिरहेका सुरक्षा निकायका प्रमुख उनीदेखि असन्तुष्ट थिए । कोरोना कहरका बीच एक्कासी उनको सरुवा निर्णयले गृह मन्त्रालय उनको कार्यशैली प्रति सन्तुष्ट थिएन भन्ने घाम झैँ छर्लङ भयो । उसो दुई वर्षअघि कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा त्यहाँका सिडिओ थिए
खड्का । घटनाको सूचना पाएर पनि सामान्य घटनाझैँ लापरवाही गर्दा त्यही कुराले देश–विदेश हल्लियो । अझै पनि उनको हत्यारा पत्ता लागेको छैन । त्यति बेला पनि उनी त्यहाँबाट तानिएका थिए अहिले जस्तै । जिल्लाको प्रशासक भएर पनि समन्वय गर्न नसक्ने, निर्णय कार्यान्वयनमा फितलोपन, जनमैत्री नुहुनु जस्ता कारण कारक बने । अवकास पाउन साढे एक महिना मात्रै बाँकि रहेका खड्कालाई मन्त्रालय तानियो । खास जिल्लाको सिडिओको हैसियतले सञ्चार माध्यमलाई सूचना प्रवाहमा उनी सहज थिएनन् भन्दाँ फरक पर्दैन । पंतिकारले समाचार सम्प्रेरण कै क्रममा दुईपटक टेलिफोनमा कुरा गरेको थियो । उनी सहज रुपमा प्रस्तुत भएनन्, प्रश्नको जवाफ समेत सहज रुपमा नदिने, ओठे जवाफ दिएका थिए । पछि धैरै पटक सिडिओले प्रयोग गर्ने सरकारी नम्बरमा फोन गर्दा अक्सर फोन उठ्दैन थियो । रामबहादुर कुरुङवाङलाई बाँके पठाइयो । उनी स्याङ्जाका सिडिओ थिए ।
कुरुम्बाङको बाँके आगमन
उनले बाँकेमा आएर काम थालेको एक साता मात्रै पुगेको छ । पहिलो पटक उनले आफू बाँके आउन लागेको सामाजिक सञ्जाल फेसबुकमा अवगत गराएका थिए । मे २५ तारिखका दिन उनले लेखेका थिए ‘गृह मन्त्रालयले मलाई बाँको सिडिओको रुपमा खटाएको छ । म स्याङजाबासी प्रति कृतज्ञ छु ।’ त्यसपछि कोरोना कहरका बीचको उनको आगमनको खबरले दुःखमा मलम पट्टी लाग्ने आशा बाँकेले ग¥यो । सामाजिक सञ्जालमा उनको आमगनको खबरलाई सुखद् र महत्वपूर्ण रहेको संज्ञा दिइयो । बधाईको ओइरो लाग्यो । उनको बाँके आगमनबारे मिडियाले समाचार बनाए । उनलाई शुभकामना दिने सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता यहाँका पत्रकार, उद्योगी, व्यवसायीदेखि राजनीतिक दलका प्रतिनिधिहरुको शुभकामनामा कोरोना रोकथाम विरुद्धको अभियानले तिव्रता पाउने आशा झल्किन्थ्यो ।
अछामका बेदप्रसाद तिमिल्सिना नाम गरेका एक फेसबुक प्रयोगकर्ता ‘कुशल प्रशासक, पारदर्शी र पत्रकारमैत्री पनि हुनुहुन्छ । सार्बजनिक सेवा प्रवाहमा समेत सहज पनि । कोरोना रोकथाम विरुद्धको अभियानमा उहाँ जस्तै प्रशासकको आवश्यकता छ बाँकेमा’ । उनी अछाममा समेत प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका व्यक्ति हुन् । अछाम, बर्दिया र स्याङ्जा जिल्लामा रहँदा उनले त्यहाँ गरेको राम्रो कार्य सम्पादन, नागरिक मात्रै काम, मिडियामैत्री काम गरेको भन्दै अन्य जिल्लामा जस्तै बाँकेमा समेत उनको उपस्थिति गर्भिलो हुने आशा धेरैले गरे । उनले जेष्ठ १४ गते बाँके जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाले । त्यसपछि उनको सक्रियता सुरु भयो । बाँकेमा कार्यभार सम्हालेको केही दिनमा यहाँको अवस्थालाई मध्यनजर गर्दै लकडाउन प्रभावकारी बनाउन जिल्लाभरी निषेधाज्ञाको निर्णय गरे । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु समेत भइसकेको र रेडजोनको रुपमा रहेको नरैनापुरमा स्थलगत अनुगमनमा पुगे ।
जहाँ तत्कालिन प्रजिअ खड्का कोरोनाका कारण एक व्यक्तिको मृत्यु हुदाँ समेत पुगेका थिएनन् । कोरोना संक्रमित मृतकको दाहसस्कार, ठूलो संख्यामा देखिएका संक्रमितलाई समय मै आइसोलनमा लिन नसक्नु र कोहलपुरमा आइसोलेसन बनाउने निर्णय गर्ने उनको हुकुमी निर्णयको समेत विरोध भएको थियो । त्यसको केही दिनमा नै उनी मन्त्रालय तानिए । उनी कसैलाई पनि सुइको नदिई गुमनाम रुपमा बाँकेबाट बिदा भए । कुम्बाङले भने अलि बढि नै सक्रियता देखाइरहेका छन् । कहिले भारतबाट आउने नागरिकको उद्धारको लागि जमुनाहा पुग्छन्, कहिले सडक मै लकडाउन प्रभावकारी बनाउन सम्झाउन जान्छन् । भने जिल्लाभरीका आइसोलेसन र क्वारेन्टिनमा रहेका नागरिकसँग साक्षत्कार गर्न पुग्छन् । पहिलो पटक बाँकेमा आएका उनी नयाँ छन्, अन्य जिल्लामा राम्रो कामका कारण प्रशंसा पाएका उनलाई यहाँको सामाजिक, आर्थिक, राजनीतिक र भौगोलिक अवस्था र आम सर्वसाधारणको मनोविज्ञान बुझन समय लाग्ला । उनी यहाँको अवस्था सँग अनविज्ञ छन् भन्ने कुराको ज्वलन्त उदाहरण बाँकेमा बार अनुसार उद्योग, व्यवसाय सञ्चालन गर्ने निर्णय हो । उनले आफ्नो प्रशासिक कौशल देखाउन खोजेपनि यहाँको सामाजिक संरचना सँग व्याप्त जानकार नरहेको स्पष्ट देखियो । निर्णय भएको दुईदिन भित्रै लकडाउन बिर्साउने र सामाजिक दुरीको कायम नगरि बग्रेल्ती मानिसको भीड बजारमा निस्किन थालेपछि जिल्ला प्रशासन कार्यलय कार्यालय बाँकेले उक्त निर्णयबाट दुई दिन मै पछि हटन् बाध्य भयो । उनी भर्खर मैदानमा उत्रिएका छन् । अरु त हेर्न बाँकि छ ।
बाँकेको वर्तमान अवस्था
देशभर सबै भन्दा बढी कोरोना संंक्रमित देखिएका मध्ये प्रदेश पाँच दोस्रो स्थानमा रहेको छ । बाँकेमा हाल कुल २ सय ६७ संक्रमित भेटिएका छन् । आठ मध्ये ७ पालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कोहलपुरमा संक्रमित भेटिएका छैनन् । पछिल्लो तथ्यांक अनुसार करिब ४ हजारको हाराहारीमा नागरिक क्वारेन्टिनमा बसिरहेका छन् । यद्यपि भारतबाट मानिसहरु आउने क्रममा जारी छ । जिल्लाभरी कुल २ सय २६ जना आइसोलेनमा छन् । बाँकेमा करिब ४५ सय बढिको पीसीआर जाँच भएको छ । हजार बढिको आरडिटी परीक्षण गरिएको छ । ४९ जना कोरोना जितेर घर फर्किसकेका छन् । एक जनाको मृत्यु भएको छ । बाँकेमा पहिलो पटक नेपालगञ्जका एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नयाँ सिडिओलाई चूनौतीको पहाड
कुरुङवाङको बाँके आगमनलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । देशभरका सिडिओ मध्ये अनुभवी, जिम्मेवार र कर्तव्यनिष्ट प्रशासकको परिचय बनाएका उनलाई बाँकेमा कोरोना कहरका बीच सजिलो भने छैन । सबै भन्दा पहिलो चूनौतीमा उनले आफैलाई प्रमाणित गर्न सक्नु पर्नेछ । कोरोना कहर रोकथाममा उनले लिने निर्णय जिल्लाभरीको अवस्था अनुकुलको सम्पूर्ण संयन्त्र परिचालनको तत्कालिन चूनौती हो । उनी बाँके आउनु भन्दा अघि नरैनापुरमा सेना परिचालन गर्ने निर्णय गरिएको थियो । तर नरैनापुर विस्तारै सामान्य अवस्था फर्किरहेको छ । ढुक्क हुने अवस्था छैन । उनका सामु अहिले देखिएका चूनौती धेरै छन् ।
१. प्रदेश नं ५ कै उच्च जोखिममा रहेको बाँके जिल्लालाइ कोरोना भाइरस (कोभिड–१९) न्यूनीकरणका लागि प्रभावकारी योजना बनाएर अघि बढ्ने ।
२. बाँके जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्ने ।
३. भारतीय सिमान सँग जोडिएको जिल्ला भएकोले यहाँ हुने विभिन्न प्रकारका चोरी, तस्करी, नदि दोहन एवम् लागुऔषध नियन्त्रण गर्ने ।
४. सर्वसाधारण जनतासँग जोडिएका जनजिविका, सरकारी सेवा प्रवाह तथा मिडियासँग सन्तुलित सम्बन्ध कायम गर्ने आी ।
को हुन् कुरुम्बाङ
कोरोना भाइरस कहरका बीच एकसाता अघि प्रमुख जिल्ला अधिकारीको रुपमा बाँके आएका राम बहादुर लिम्बु कुरुम्बाङ तेह्रथुममा जन्मिएका हुन् । उनले नेपाली सेनाको सेकेण्ड लप्टनबाट जागिर शुरु गरेका गरेका थिए । पछि शाखा अधिकृतबाट निजामतिमा प्रवेश गरे । सेनाको जागिर छाडेर निजामति सेवामा प्रवेश गरेपछि करिब आधा दर्जन जिल्लाको सिडिओको भूमिका निर्वाह गरिसकेका छन् । सेनाको जागिर नछोडेको भए सायदै उनी अहिले फूल कर्णेलको भूमिकामा हुन्थे होला । सेनामा हुँदाका कुरुम्बाडका ब्याजीहरु अहिले फूलकर्णेल छन् । यति मात्र होइन फौजी तालिम प्राप्त देशका एकमात्र सिडिओ हुन् उनी । अछाम भूकम्पको समयमा प्यूठान, स्याङ्जा अघि बर्दियामा सिडिओ चलाउँदा सबै ठाउँमा राम्रै चर्चा र प्रशंसा बटुलेका थिए ।









प्रतिक्रिया दिनुहोस्