पेट्रोल र डिजेल आपूर्ति सहज बनाउन आग्रह



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा रहेका पेट्रोल र डिजेल पम्पहरुलाई सहज रुपमा आपूर्ती व्यवस्था मिलाउन आग्रह गरेको छ । अत्यावश्यक बाहेक अन्य व्यक्ति तथा सवारी साधनहरुलाई पेट्रोल र डिजेल उपलब्ध नगराउने निर्णय भएकोले आम नागरिकलाई निर्णय कार्यान्वयन गराउन आग्रह गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीद्धारा हस्ताक्षरिक पत्रमा नगर क्षेत्रमा रहेका पेट्रोल र डिजेल पम्पहरुलाई सहज आपूर्ति गर्न र अन्य नागरिकहरुलाई अत्यावश्यक बाहेक आपूर्तिमा सहयोग गर्न भनिएको छ । सरकारले दैनिक आवातजावतको लागि एम्बुलेन्स, सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधन बाहेक अन्य सवारी साधानलाई इन्धन उपलब्ध नगराउने निर्णय भएको जानकारी गराइएको थियो ।

यस्तै अनावश्यक रुपमा हिड्ने सवारी साधनहरुमा कमि ल्याई कोभिड–१९ बाट हुने जोखिम न्युनिकरणको लागि अनुरोध समेत गरिएको छ । यसैगरि नीजि सवारी साधनहरुलाई अति आवश्यक कामको लागि इन्धन उपलब्ध गराउनु पर्ने भएमा ईलाका प्रहरी कार्यालय कोहलपुर र उद्योग वाणिज्य संघ कोहलपुरसँग समन्वय गर्न उनले आग्रह गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख १२ गते शुक्रबार