लकडाउनमा रोकिएन लागुऔषध ओसारपसार, ९६ सिसि कोरेक्ससहित नेपालगञ्जका युवक पक्राउ



अहिले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्ने भन्दै नेपाल, भारत दुवै देशमा ‘लकडाउन’ गरिएको अवस्था रहेको छ ।

यस्तो बेला मानिसहरु तथा अत्याश्वयक बाहेकका सवारी साधन हिड्न बन्देज लगाइएको छ ।

तर, बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनिया हुँदै भारतबाट ल्याउँदै गरेको अवैध लागुऔषध सहित एक जना युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज–२० का दिलिप बर्मा हिरिमिनियाबाट ९६ सिसि कोरेक्स सहित पक्राउ परेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २२ गते शनिबार