दशगजामा नेपाली सेनाले बनायो क्वारेन्टाइनः अलपत्र १८१ नेपालीलाई राखियो (फोटोफिचर)



बाँकेमा भारतबाट फर्किएका १ सय ८१ जना नेपालीलाई दशगजामा नेपाली सेनाले निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लाको नेपाल–भारत सीमा जमुनाहामा नाका तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई सेनाले निर्माण गरेको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको हो ।

उनीहरुलाई भारतको नानपारास्थित भारतीय क्वारेन्टाइनमा राख्न पहल गरिएपनि त्यहाँ बस्न अस्वीकार गरेपछि दशगजामा क्वारेन्टाइन निर्माण गरेर राखिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीर बहादुर ओलीले बताए ।

दशगजामा नेपाली सेनाले ४५ वटा अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ । एउटा त्रिपालमूनि चार जनाका दरले राखिएको उनले जानकारी दिए ।

क्वारेन्टाईनमा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २० गते बिहीबार