कोरोना कहरः चैते दशैँमा गरिने विशेष पूजा रोकियो



दाङ ।

दाङको प्रशिद्ध धार्मिक तिर्थ स्थल देवीकोटमा चैते दशैँमा गरिने विशेष पूजा रोकिएको छ । कोरोना भाइरसको संक्रमण फैलने खतरा रहेको भन्दै देवीकोटमा हुने विशेष पूजा रोकिएको राप्ती गाउँपालिका वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगरले जानकारी दिए ।

श्री स्वस्थानि वर्तकथामा सतिदेविको बाँया गोडा पतन भएको स्थल देविकोटको भद्राक्षि मन्दिरमा बडा दशैँ तथा चैते दशैँको अवसरमा भव्य मेला सहित पुजा गर्ने परम्परा छ । चैत १९ गते चैते दशैँमा गरिने सम्पुर्ण धार्मिक कार्य स्थगीत गर्दै श्रद्धालु भक्तजनलाई समेत मन्दिर आउन जानमा रोक लगाईएको छ ।

आन्तरिक तथा बाहिरी पर्यटकलाई दाङका विभिन्न पर्यटकीय स्थल भ्रमणको लागि यसै भद्राक्षि मन्दिर परिसर बाटै दाङ जिल्लामा नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १८ गते मंगलबार