निजी अस्पताललाई कारबाही गरिने



बुटवल । प्रदेश ५ सरकारले कोरोना संक्रमित बिरामीको उपचारमा सरकारलाई सहयोग नगर्ने निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुलाई कारबाही गर्ने भएको छ ।

कोरोना नियन्त्रण र प्रतिकार्यमा निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुलाइलाई सक्रिय बनाइने र सहयोग नगर्ने संघसंस्थाहरुको विवरण तयार गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुलाई कोरोनाको नियन्त्रण र उपचारमा सक्रिय बनाउने र सहयोग नगरेमा कारबाही गर्नेे जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ ।

कोरोना भाइरस संक्रमणको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु निजी तथा सामुदायिक अस्पताल मेडिकल कलेज जाँदा उनीहरुले भर्ना नै नलिँदा बिरामीहरुले सास्ती खेप्नुपरेपछि सरकारले कडा निर्णय गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार