काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा महत्त्वपूर्णबाहेकका भेटघाट बन्द गरेका थिए ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि राति नै प्रधानमन्त्री ओलीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ ।
उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको स्रोतले जानकारी दियो ।
प्रकाशित मिति : २०७६ चैत १४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्