कोहलपुर :
प्रदेश नम्बर पाँचका सदस्य कृष्णा केसी ‘नमुना’ले कोभिड १९ रिलिफ फण्डको घोषणा गरेकी छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले ५० हजार रिलिफ फण्डको लागि प्रदान गर्ने घोषणा गरेकी हुन् ।
उनको अभियानमा जोडिदै डाक्टर राजन पाण्डेले समेत ५० हजार घोषणा गरिसकेको छन् ।
सांसद नमूनाद्वारा सुरु गरिएको रिलिफ फण्डले कोरोना भाइरसको कारण लकडाउन गर्नु परेको र त्यसबाट दैनिक मजदुरी गरि जिविकोपार्जन गर्ने समुदायलाई परेको असरमा काम गर्ने बताइन् ।
प्रकाशित मिति : २०७६ चैत १२ गते बुधबार









प्रतिक्रिया दिनुहोस्