डिल्ली शाही ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सुकम्बासीको नाममा भोट माग्ने राजनीति सकिएको बताएका छन् । ‘विगतमा विभिन्न राजनीतिक गर्नेहरुले सुकुम्बासीहरुलाई लालपूर्जा दिलाउँनेछौं भन्दै धेरै राजनीतिक गरिसकेका छन्’ उनले भने, ‘अब यस्तो राजनीति सदाका लागि अन्त्य हुन्छ ।’

शनिबार बैजनाथ गाउँपालिकामा सुकुम्बासीलाई जग्गा धनी प्रमाणपत्र लाल पूर्जा वितरण कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । विगतदेखि आफ्नो सुरक्षाको अपनत्व नगरेका भूमिहिन सुकुम्बासीलाई लालपूर्जा दिई उनको भविष्य सुनिश्चित यो सरकारले गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
‘सधै भरी चिन्ता लाग्ने, साँझ भयो भने निन्द्रा नलाग्ने, खान मन नलाग्ने जस्ता समस्याबाट सुकुम्बासीहरुले उन्मुक्ती पाउनेछन्’ उनले
भने, ‘यहाँ मात्र होइन अन्य जिल्लामा रहेका सुकुम्बासीहरुलाई पनि लालपूर्जा वितरण गर्नेछौं । अब नेपालमा भूमिहिन भएर कोही बस्नु पर्नेछैन ।’ कृषकहरुलाई जग्गा भाडा लिन चाहेमा प्रदेश सरकारले भाडा तिरिदिने व्यवस्था अहिले गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
भने, ‘यहाँ मात्र होइन अन्य जिल्लामा रहेका सुकुम्बासीहरुलाई पनि लालपूर्जा वितरण गर्नेछौं । अब नेपालमा भूमिहिन भएर कोही बस्नु पर्नेछैन ।’ कृषकहरुलाई जग्गा भाडा लिन चाहेमा प्रदेश सरकारले भाडा तिरिदिने व्यवस्था अहिले गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
बैजनाथलाई कृषि हवका रुपमा विकास गर्ने बताउँदै उनले हामीले जग्गा दिन्छौ तर जग्गा बाजै नहुन् त्यहाँ विषादि रहित हरियो तरकारी फलफुल फलेको देख्न पाउनुपर्छ । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले वि.स. २०६७ सुकुम्बासी समाधान समितिका अध्यक्षता बसेको ज्ञानु केसी पहलमा बनबाट छुट्याएर सुकुम्बासीलाई जग्गा छुट्याइएको बताए ।
‘पहिलो चरणमा २८ जना घरपरिवारलाई जग्गाको लालपूर्जा दिइएको थियो’ उनले भने, ‘दोस्रो चरणमा ११० जना सुकम्बासी घरपरिवारलाई लालपूर्जा दिइएको छ । यो तेस्रो पटक भने ११३ जना सुकम्बासी घरपरिवारलाई लालपूर्जा दिइएको छ ।’ ९१ सुकुम्बासी घरपरिवारलाई दिने प्रक्रियामा रहेको बताए । द्रोण कुमारी खत्रीले मुख्यमन्त्रीको हातबाट लालपूर्जा आफ्नो हातमा लालपूजा पाएको भन्दै खुसी व्यक्त गरिन् ।
‘हामी २०५४ सालदेखि भूमिहिन भएका थियौ । तर हामीले सोचेका पनि थिएनौ । यसरी लालपूर्जा पाउँछौं भनेर । अहिलेको सरकार त भगवान बनेर आयो’ उनले भनिन्, ‘चुनावको बेलामा बोलेको बाचा पुरा गरेको छ ।’ गाउँमा अन्यले त पैसा तिरेर लालपूर्जा ल्याएका थिए तर हामी सँग पैसा पनि थिएन । कसरी जग्गा किन्नु ? उनले भनिन् ।
प्रकाशित मिति : २०७६ फागुन १८ गते आइतबार









प्रतिक्रिया दिनुहोस्