कोहलपुर ।
यही फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पहिलो वर्षिक स्मृति दिवसको अवसरमा बृद्धाबृद्धहरुलाई फलफुल वितरण गरेको छ । बुधबार अनेरास्ववियु बाँकेको आयोजनामा निलसागर असाय असक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका १९ जना बृद्धाबृद्धहरुलाई फलफुल वितरण गरेको हो ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कोहलपुर नगरका अध्यक्ष बसन्ती अधिकारीले रविन्द्र अधिकारीले यो देशको समृद्धि र विकासको लागि ठुलो योगदान गरेको बताइन् । यो दुःखद् समयको एक वर्ष पुग्यो, उनले भनीन् शोकलाई शक्तिमा बदलेर हामी उहाँलाई स्मरण गर्दैछौँ ।
उनले अवलम्बन गरेका विचार सिद्धान्तलाई स्थापित गर्दै जीवन्त राख्ने उनले बताइन् । फलफुल वितरण कार्यक्रममा सुर्य ढकाल, प्रेम भुषाल , अब्दुल हु सेन खाँ, बलराम भट्टराई, खेमराज शर्मा, सुमन घिमिरे, हेमन्त भट्टराई, सुर्य रोकाय, अमृत खत्री लगायतको उपस्थिति रहेको थियो ।
रविन्द्र अधिकारीको संक्षिप्त परिचय
रविन्द्र अधिकारीको जन्म २०२६ साल बैशाख २२ गते कास्की जिल्लाको भरतपोखरी गाविस वडा नंवर ९ जमुनाबोटमा भएको थियो । उनका बुवाको नाम इन्द्रप्रसाद अधिकारी र आमाको नाम लक्ष्मीदेवी अधिकारी हो । उनकी पत्नीको नाम बिद्या भट्टराई हो । रविन्द्र अधिकारीले ब्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । उनका दुईवटा छोराहरू छन् । रविन्द्र अधिकारी आफ्नो विद्यार्थी जिवनबाट नै राजनितीमा लागेका थिए ।
विद्यार्थी राजनीति
रविन्द्र अधिकारीले विद्यार्थी जिवन देखि नै राजनितीमा प्रवेस गरेका थिए । उनले विद्यार्थी जीवनमा निम्नानुशारका पद भार सम्हालेर राजनिती गरेका थिए ।
२०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेस ।
प्रवेशिका परीक्षा उतिर्ण गरे लगत्तै वन विज्ञान अध्यायन संस्थानमा भर्ना भएपनि केही समय पछि २०४२ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यायन शुरू ।
विद्यालय देखि नै राजनितीमा चासो राख्ने भएकाले क्याम्पस पुगेपछि विद्यार्थी राजनैतिक गतिविधी सक्रिय ।
२०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष पदमा चयनित ।
२०४५ सालमा १ वर्ष माध्यमिक विद्यालयमा अध्यापन ।
२०४५ सालमा पृथ्वीनारायण क्याम्पसका स्ववियु सदस्यमा चयनित ।
२०४५ सालमा नै अनेरास्ववियु जिल्ला कमिटी कास्कीको अध्यक्षमा चयनित ।
२०४७ सालमा अनेरास्ववियुको गण्डकी अञ्चल अध्यक्ष तथा केन्द्रिय सदस्यमा चयनित ।
२०४९ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित ।
२०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निर्वाचित ।
२०५३ सालमा नै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित।
२०५६ सालमा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष चयनित ।













प्रतिक्रिया दिनुहोस्