सुर्खेत/ सुर्खेतमा टिप्परले किच्दा मंगलबार एक युवकको जनाको ज्यान गएको छ । कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिप्परले किच्दा ज्यान गएको हो ।
वीरेन्द्रनगर–३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिप्परले भे १ प २२७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उनको ज्यान भएो थियो । टिप्परले सिंहलाई किचेर अन्दाजी २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सिंहका आफन्तले अहिले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति : २०७६ माघ १४ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्