कोहलपुर महोत्सवमा शनिबार ज्योती मगर र प्रमोद खरेल आउने



कोहलपुर ।

कोहलपुरमा जारी महोत्सव शनिबार थप रोचक हुने भएको छ । लोकदोहोरी तथा आधुनिक संगितका हस्ती ज्योती मगर र प्रमोद खरेल शनिबार कोहलपुर आउने भएका छन ।


नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको आयोजनामा संचालन भईरहेको तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सवु मा सहभागी हुन उनिहरु कोहलपुर आउन लागेको महोत्सव प्रचार प्रसार उपसमितिकी सहसंयोजक विन्दु विसीले जानकारी दिईन ।

पुर्वनिर्धारित तालिका अनुसार प्रमोद खरेल शुक्रबार महोत्सव आउने कार्यक्रम थियो । तर वर्षाका कारण शुक्रबारको कार्यक्रम स्थगित भएपछि शनिबार प्रमोद र ज्योती मगर दुबैलाई दर्शकले एकसाथ हेर्न पाउने भएका छन ।

‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका साथ पौष २४ गतेदेखी सुरु भएको महोत्सव माघ ५ गतेसम्म संचालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रबार