जन्मदिनमा मृगौला पिडितलाई सहयोग



कोहलपुर।

बाँकेको बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत एक विद्यार्थी नेताले जन्मदिनको अवसरमा मृगौला पिडितलाई सहयोग गरेका छन् ।

अनेरास्ववियूका विद्यार्थी नेता देवेन्द्र बुढाथोकीले आफ्नो जन्मदिनको अवसरमा मृगौला पिडितलाई सहयोग गरेका हुन् । उनले एक कार्यक्रमका बीच मृगौला पिडित टेकलाल केसीलाई ५ हजार सहयोग गरेका थिए । मृगौला पिडित केसी बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियू सचिव समेत हुन् ।

उनको दुवै मृगौला निस्कृय भएको छ । जन्म दिनको अवसरमा केसीको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।

उनका अनुसार जन्मदिनलाई सामाजिक कार्यको लागि सदुपयोग होस भन्ने ध्यायले सहयोग गरिएको हो । यस्तै उनको मृगौलाको उपचारका लागि सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १८ गते बुधबार