कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुममा बस दुर्घटना १२ जना घाइते भएको छन । तुल्सीपुरदेखि नेपालगञ्ज आउन लागेको ना ५ ख ६४४९ बस कुसुममा दुर्घटना भएको हो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख पविन्द्र बमले तिव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको बताए ।
घाइतेहरुको नामावली
- बाँके राप्तीसानोरी गाउँपालिका १ का २६ बर्षिया सहचालक मान बहादुर बस्नेत
- दाङ तुल्सीपुर नगरपालिका १४ का ४० वर्षीया बिर बहादुर बस्नेत
- दाङ तुल्सीपुर नगरपालिका ६ की ३३ वर्षिया आसा बस्नेत
- दाङ तुल्सीपुर नगरपालिका ६ की ३७ वर्षीया ललिता नेपाली
- दाङ तुल्सीपुर नगरपालिका ६ का ३५ वर्षका रोम नेपाली
- प्यूठान जिल्ला गहुँमुखी नगरपालिका ६ की ३६ वर्षकी तुलाराम पुन
- रुकुमपश्चिम चौरजाहारी नगरपालिकाका १३ का १४ वर्षका दल बहादुर मल्ल
- रुकुमपश्चिम चौरजाहारी नगरपालिकाका र १३ का ५१ वर्षका लोक बहादुर वली
चार जानको नाम ठेनागाना खुल्न बाँकी रहेकोे बमले जानकारी दिए । उनका अनुसार घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार








प्रतिक्रिया दिनुहोस्