कोहलपुरमा ‘दारी ग्याङ’को शाखा



कोहलपुर ।

बाँकेको कोहलपुरमा ‘दारी ग्याङ’ को शाखा स्थापना गरिएको छ । काठमाण्डौं केन्द्रिय कार्यालय भएको ‘दाह्री ग्याङ’ ले कोहलपुरमा शाखा विस्तार गरेको हो । देशैभरी शाखा विस्तार गर्ने क्रममा दाह्री ग्याङले कोहलपुरमा समेत शाखा विस्तार गरेको जनाएको छ ।

शाखा संयोजक सन्दीप बिक्रम शाहाका अनुसार पहिलो बैठकले बिभिन्न महत्वपूर्ण निर्णय पारित गरेको छ । दारी ग्याङको पहिलो कार्यक्रम अन्तर्गत बृहत रक्तदान कार्यक्रम गरिनेछ । बैठकले प्रत्येक महिनाको शनिबार मासिक बैठक बस्ने, बाँके तथा बर्दियामा सामाजिक तथा जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको संयोजक शाहाले जानकारी दिए ।

यस्तै पहिलो बैठकले सदस्यहरुको कार्य विभाजन गर्ने र समाज सेवाका लागि कोष स्थापना गर्ने तथा सम्बन्धित प्रशासनिक निकायमा दर्ता गर्ने निर्णय समेत गरेको छ । कोहलपुरमा सामाजिक कार्य मार्फत नयाँ तथा रचनात्मक कार्य मार्फत सेवा होस् भन्ने ध्येयले यूवाहरु एकजुट भएको निश्चल विक्रम शाहले जानकारी दिए । दारी ग्याङले पहिलो चरणमा कोहलपुर र बर्दियामा काम गर्ने उनको भनाई छ । शाहका अनुसार विस्तार दुवै जिल्लाका स्थानीय तह र बस्तीहरुमा समेत काम गरिनेछ ।

समाजमा रहेका विकृति र विंसगति तथा जनचेतना फैलाउने खालका गतिविधि गरिने अर्का सदस्य निर्मल काफ्ले बताउँछन् । उनले देश तथा विदेशमा रहेका सहयोगी मार्फत आर्थिक सहयोग गरी समाजमा रहेका असहाय, टुहुरा तथा घरबार बिहिनहरुको सहयोगको लागि समेत काम गरिने बताए । दारी ग्याङमा अहिले १४ जना सदस्य रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार