वैज्ञानिक शिक्षामा उन्मुख हुँदै बालज्योति



कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको बालज्योति माध्यामिक विद्यालयले शनिबार विज्ञान प्रदर्शनी, फूड फेस्टिभल र साँस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रमको भव्य समारोहका बिच कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले उद्घाटन गरेका थिए ।

उनले वास्तविक बैज्ञानिक शिक्षाको पहिलो पाठ सुरु भएको बताए । ‘साना बालबालिकाहरुले एटीएम, केवुल कार, हाइड्रोलिक डोजर जस्ता बैज्ञानिक सिद्धान्तबाट उत्पादन गर्नु भनेको बैज्ञानिक शिक्षामा उन्मुख हुन हो’ उनले भने । विद्यालयका संस्थापक अध्यक्ष लक्ष्मी देवी सुवेदीले नयाँ ढङगबाट शैक्षिक क्षेत्रको विकास गर्न लागेको बताइन् । ‘नेपालमा प्रयोगात्मक र बैज्ञानिक शिक्षा प्रदान गरिरहेका छौं’ उनले भनिन् ‘आफ्नो विद्यार्थीहरु विश्वमा नै उत्कृष्ट बनाउने लक्ष्य राखेका छौं ।’

विद्यालयका प्राधानाध्यापक दामोदर शर्माले भाषणको शिक्षाले लाखौं युवाहरुलाई बेरोजगारी बनाएको बताएका थिए । ‘शिक्षालाई बैज्ञानिक र प्रयोगात्मक ढङ्गबाट अगाडि बढाएका छौं’ उनले भने, ‘प्रत्येक कक्षामा डिजिटल प्रविधिको प्रयोगले बाह्य देशमा भएका प्रविधिलाई आफ्नो शैक्षिक क्षेत्रमा प्रयोग गरी अध्यापन गराइरहेका छौं ।’ यसैबिच कार्यक्रममा बालज्योति माध्यामिक विद्यालयका कक्षा १ देखि १० का विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए । कक्षा १० का विद्यार्थी रोशन शर्मा, दिपेश पौडेलले एक हप्ता लगाएर हाइड्रोलिक व्रिज बनाएर प्रदर्शनीमा राखे ।

उनीहरुले चिनमा रहेको हाइड्रोलिक व्रिजको नमूना प्रस्तुत गरेका थिए । ‘त्यसमा ट्राफिक चक्काजाम हुने एकदमै कम हुन्छ’ शर्माले भने ‘यसको निर्माण सामान्य गम, तार, बत्ती, र अन्य विभिन्न उपकरणहरु मिलाएर बनाएका हौं ।’ ‘हामीलाई शिक्षकहरुले कक्षा कोठामा डिजिटलको माध्यामबाट अध्यापन गराउनुभएको थियो सोही अनुरुप हामीले यसको निर्माण गरेका हौं ’ उनीहरुले भने । सोही विद्यालयका कक्षा ८ का लक्की शाही, सुसान्त विसीले हाइड्रोलिक लिप्ट, कक्षा ७ का विमल सुवेदी, निश्चित शाहीले ड्रोन हेलिकोप्टर लगायत बनाएर प्रदर्शनीमा राखेका थिए ।

बालज्योति माध्यामिक विद्यालयका विद्यार्थीले विभिन्न जातजातिका विभिन्न भेषभुषामा आफ्नो साँस्कृतिक प्रदर्शन गरेका थिए । भेषभुषा तथा साँस्कृतिक प्रदर्शनीमासन्ध्या पोख्ररेल र सुविजन के.सी प्रथम, समिर थापा, स्नेहा लामिछाने दोस्रो र विशाल परियार र सलिना कार्की तेस्रो भएको विद्यालयका अनुशासन विभागका प्रमुख सरोज केसीले बताए ।

लोकगित प्रतियोगितामा उत्सव शाही प्रथम, जेनी घले दोस्रो र रेगन पुन तेस्रो भएको केसीले बताए । उक्त प्रतियोगितामा कक्षा १ देखि १० कक्षाका विद्यार्थीहरुको सहभागि रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १ गते आइतबार