कोहलपुर ।
प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जाजरकोटका इन्चार्ज पक्राउ गरेका छन् ।
बाँकेको कोहलपुरबाट प्रहरीले बिहीबार राती धमिल भनिने प्रेम प्रकास ओलीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर २ बाट उनीलाई नियन्त्रणमा लिएको थियो ।
सरकारले विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि प्रहरीले नेता कार्यकर्तालाई नियन्त्रणमा लिने गरेको छ ।
कोहलपुर प्रहरी स्रोतका अनुसार जिल्ला इन्चार्ज ओलीलाई अहिले इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ कात्तिक २९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्