जुम्लामा करेन्ट लागेर एकको मृत्यु



जुम्ला। 
जिल्लामा करेन्ट लागेर एकको मृत्यु भएको छ ।

जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ७ निवासी क्षेत्र बहादुर महतको करेन्ट लागेर मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मृत्यु भएको आफन्तले जनाएका छ ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष समेत रहेका मृतक महतका आफन्त बरम बहादुर महतले विहान विद्युतको करेन्ट लागेर उनको मृत्यु भएको बताए ।

प्रहरीले समेत उनको मृत्यु भएको पुष्टि गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २३ गते शनिबार