जिप दुर्घटनामा १४ घाईते, दुई गम्भिर



शुभाकर विश्वकर्मा,कोहलपुर

जुम्ला जिल्लाको पुर्वी क्षेत्रमा रहेका पातारासी गाउँपािलकामा जिप दुर्घटना  हुदाँ १४ जना घाईते भएका छन् ।

सदरमुकाम खलंगा देखी पातारासी गाउँपालिकाको केन्द्र  लासी तर्फ जादै गरेको रा १ ज ६२४ नम्वरको जिप  आईतबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप सडकदेखी २५ मिटर तल खसेको छ । गाउँपालिकाका वडा नम्बर पानी धारा लम्केनी भन्ने स्थानमा दुर्घटना भएको डिल्लीचौर प्रहरिचौकीका प्रहरी हवल्दार गणेश बोहोराले जानकारी दिए ।

चालकको लापरबाही, हिलाम्मे बाटो र बढि यात्रुका कारण दुर्घटनाको भएको प्रहरीले जनाएको छ । उनका अनुसार अरुको अवस्था सामान्य रहेको र दुई जनाको अवस्था गम्भिर रहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका डियसपि लाल बहादुर धामीले दुर्घटनामा पातारासी गाउँपालिका ४ का सिद्ध बुढको टाउकोमा गम्भिर चोट लागेको बताएका छन् । अर्को एक जनाको परिचय खुल्न सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ११ गते शनिबार