बाँसगढी बजार जलमग्न



रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।

लगातारको अविरल बर्षाका कारण बर्दियाका विभिन्न स्थानहरु जलमग्न भएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बर्षातले मानविय क्षेति नभए पनि जिल्लाका अधिंकास स्थानहरु जलमग्न भएको जानकारी दिए । उनले बर्दियाको गुलरियाका केही घरमा क्षेति पु¥याएको र अन्य मानविय क्षेति नभए पनि पानी जम्ने स्थानहरुका नागरिकहरुलाई सचेत हुन आग्रह गरे । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जिल्लामा सामान्य अवस्था भए पनि अविरल बर्षा भएकाले उच्च सर्तकता अपनाइएको जानकारी दिए । जिल्लाका बाँसगढी, जयनगर, बढैयातालको मैनापोखर, जमुनी, गुलरियाको खैरापुर लगायतका क्षेत्रहरुमा पर्ने होचा स्थानहरुमा पानी जलमग्न भएकाले नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय व्यक्तिहरु मिलेर निकास खोल्ने र सहजता ल्याउने काम भएको थियो ।

बर्षातले मानविय क्षेति नभए पनि होचा स्थानहरुमा रहेका माटोले बनेका घरहरुमा क्षेति पु¥याएको र विवरण संकलन गर्ने काम भईरहेको स्थानीय प्रशासनले जनाएको छ । बर्षातले बाँसगढी बजार, सिजि फुड्स ईन्टरप्राईजेज बर्दिया, बर्दिया बहुमुखि म्याम्पस, अस्थाई प्रहरी पोष्ट लक्ष्मणा लगायतका ठाउँहरुमा पानी जलमग्न भएको थियो । विभिन्न स्थानहरुमा पानी जलमग्न भएको र बर्षात अविरल रुपमा परिरहेकाले नागरिकहरुको जनजिवन प्रभावित बनेको छ । अविरल बर्षातले बाँसगढी बजार नै जलमग्न भएको छ । बजारमा ढल निकास नहुँदा बाँसगढी बजारमा पानी भरिएर राजमार्ग माथि सम्म पानी भरिएको छ । बाँसगढीको खनाल चोक देखि एनआईसी बैंक सम्म राजमार्ग मै पानी भरिएको थियो । बाँसगढी बजार भित्रै पानी पसेपछि केही पसलहरुमा समेत क्षेति पुगेको छ । बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारुले पानीको भेल आएर बाँसगढीका बिभिन्न पसलमा पानी पसेको जानकारी दिए । ‘बिष्णु पौडेलको पुरानो धौलागिरी, तिमिल्सेना गालास हाउस र खनालचोकमा पनि केही पसल भित्र पानी पसेको छ’ उनले भने, ‘ बाँसगढी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पुष्प बरालको जय मनकामना ट्रेडर्समा पानी पसेर लाखौंको क्षती भएको छ ।’

सञ्चालक बरालका अनुसार सरिया, जाली, पेन्ट लगायतका सामान पानीले भिजेर झण्डै २४ लाख बढीको क्षती पुगेको छ । सि.जि फुड्स ईन्टरप्राईजेज बर्दियाका प्रमुख राजिव सिंह राजपुतले पानी जाने निकास नहुदा सि.जि फुड्सको परिसरमा जलमग्न भएको बताए । उनले कम्पनी भित्र पानी पसेर क्षेति नभए पनि कम्पनीको मेन गेट हुदै कम्पनी परिसरमा पानी पसेर जलमग्न कामकाजमा प्रभावित बनेको जानकारी दिए । बर्दिया बहुमुखि क्याम्पस लक्ष्मणाका स्ववियु सभापति सागर पौडेलले बर्षातले क्याम्पस परिसर जलमग्न हुदा बिएड प्रथम बर्षको परिक्षा दिन क्याम्पसमा आएका विद्यार्थीहरु समस्यामा परेको बताए । उनले क्याम्पसको गेट सँगै क्याम्पसमा साईकिल स्टेनमा राखिएका साईकल पुरै डुवेको र विद्यार्थीहरु केहि घण्टा बाहिर निस्कन नसक्ने अबस्था सृजना भएको भनाई छ । बाँसगढी क्षेत्रको सबै भन्दा बढी डुवान हुने क्षेत्र खल्ला गाउँमा डुवान नभए पनि अविरल बर्षा भईरहेकाले त्यहाँका स्थानिय त्रसित भएका छन् भने बाँसगढीको नारायणपुर गाउँ पनि जलमग्न भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज २ गते बिहीबार