टोल सुधार समितिको साधारण सभा



कोहलपुर ।

बाँकेको कोहलपुर ३ मा रहेको सिद्धनगर टोल सुधार समितिको ९ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले साधारणसभाको उद्घाटन गरेका थिए । उनले नमूना टोलको रुपमा चिनाउनु पर्नेमा जोड दिए । ‘कुनै काम गर्न एक्लै सम्भव हुँदैन संगठन चाहिन्छ’ उनले भने, ‘कोहलपुर नगरपालिकामा अन्य स्थानमा पनि टोल सुधार समिति निर्माण भएका छन् तर राम्रो काम गर्न नसकेका छैनन् ।’

सिद्धनगर टोल सुधार समितिका अध्यक्ष कमलराज खनालले आफू राम्रो भए सबै राम्रो हुने बताए । उनले भने ‘सकारात्मक सोचौं सफल भइन्छ ।’ समाजमा भएका नराम्रा कार्यहरु भैरहेका छन् तर ती नराम्रा कार्यका घटाउनका लागि र त्यसलाई न्यूनिकरणका लागि संगठनका रुपमा लागे मात्र कम हुने उनले दावी गरे । यस्तै नेकपाका नेता खिलप्रसाद भूषालले स्वच्छ हावा र स्वच्छ वातावरणको आवश्यक रहेको बताए ।

कोहलपुर नगरपालिकाले फोहोर राख्नको लागि डस्वीनहरु ल्याएको दाबी गरे । डस्बीनहरु नगरपालिकाको प्राङ्गनमा राख्नुभन्दा प्रत्येक चोक, आवश्यक स्थानमा राखि फोहोर व्यवस्थापन गर्न उनले अनुरोध गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २२ गते आइतबार