कोहलपुर।
बाँकेको कोहलपुर नगरपालिकाले नगरपालिका क्षेत्रमा रहेका रेलिङ्ग काट्ने कार्यमा सस्थागत संलग्नना नरहेको जनाएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिकाले रेलिङ्ग काट्ने कार्य प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । केही दिन अघि कोहलपुर उद्योग वाणिज्य संघको अगुवाईमा रातारात सडकका रेलिङ्ग काटिएको थियो ।उक्त कार्यको व्यापक विरोध पनि भईरहेको छ । व्यापक विरोध पछि नगरपालिकाले आधिकारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।
‘रेलिङ्ग काट्ने बारेमा नगरपालिकाको सस्थागत रुपमा कहिल्यै, कही कतै पनि निर्णय भएको छैन’ कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘रेलिङ्ग काट्नको लागि नगरपालिकाको तर्फबाट अहमति वा अनुमति पनि दिईएको छैन ।’ रेलिङ्ग काट्न नगरपालिकाले अनुमति दिएको छ भनि व्यक्ति वा संस्थाबाट प्रचार गरेर स्थानीय सरकार प्रति भ्रम फैलाउन खोजिएकोले त्यो दुभाग्यपुर्ण र भ्रम पुर्ण छ ।
कही कतै कसैलाई निर्देशन पनि नदिएको उक्त प्रेस विज्ञप्तिमा दाबि समेत गरिएको छ । सार्वजनिक सम्पतीको हानी नोक्सानी गरेको भनी सडक डिभिजन कार्यालय बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमा सरकारी सम्पत्तीको हानी नोक्सानी गर्ने जो कोही भए पनि कारवाही गर्न पत्रचार गरेको बुझिन आएकोले दोषि उपर कारबाही हुनु पर्ने बताईएको छ ।
स्थानीय सरकारको क्षेत्राधिकारको विषय भएकाले सरकारी तथा सार्वजानिक सम्पतीको हानी नोक्सानी पु¥याइएको बारेमा आगामी दिनमा नेपाल सरकारका नियमनकारी निकायहरुले नगरपालिकासंग अधिकारीक धारण मागेमा वा कारवाही गर्ने बारेमा पत्र आएमा कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाईएको छ ।
रेलिङ्ग काट्ने बारे कोहलपुर नगरपालिकाको संस्थागत रुपमा कुनै पनि निर्णय नभएको र काट्न कसैलाई पनि काट्नु भनी सहमती तथा अनुमति नदिइएको रेलिङ्ग काट्ने प्रक्रियामा जो—जो व्यक्ति तथा पक्षहरु संलग्न रहेका छन् तिनीहरु नै जिम्मेवार रहेन छन् , उक्त पत्रमा भनिएको छ ।









प्रतिक्रिया दिनुहोस्