कोहलपुरमा विद्युत् विस्तार, पैसा नपाउँदा काम लम्बियो



शुभाकर विश्वकर्मा, कोहलपुर ।

नगर विकास समितिले विद्युत लाईन विस्तार कार्यका लागि समय मै भुक्तानी नदिदाँ काम लम्बिएको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर ११ मा विस्तार भईरहेको विद्युतीकरणको कार्य भुक्तानी नदिदाँ लम्बिएको हो । विद्युत लाईन विस्तारको जिम्मा लिएको वाईवा ईन्साटेट कम्पनीले भुक्तानी समस्याका कारण छोटो समय मै सम्पन्न हुने काम सरोवारवालाको बेवास्ताका कारण ढिलाई भईरहेको जानकारी दिएको छ । कम्पनीका स्थानीय प्रतिनिधि क्रिलोक धितालले आफुले निर्धारित समयमा काम सम्पन्न गरेको भएपनि थप कार्यको लागि भुक्तानी नपाउदाँ समस्या भएको बताए ।

उनका अनुसार विद्युत लाईन विस्तारको ८० प्रतिशत काम सम्पन्न भईसकेको छ । सम्झौता अनुसार ११ मिटरका ३ सय ५० वटा पोल मध्ये २ सय २१ वटा लाईन विस्तार भईसकेका छन् । भने अन्य तार बिस्तार र ट्रान्सर्पmमर बिस्तारको पनि काम भईरहेको कम्पनीले जनाएको छ । ट्रान्सर्पmमर टेस्टको लागि आवश्यक रकम नहुदाँ काम रोकिने अवस्था रहेको छ । बाँकी काम सम्पन्न गर्नको लागि आर्थिक समस्या भएको उनको भनाई छ । नगर विकास समितिले वितरण केन्द्रलाई र केन्द्रले निर्माण कम्पनीलाई भुक्तानी गर्नु पर्ने झन्झटिलो प्रक्रिया कामका कारण पनि समयमै काम हुन सकेको छैन । धितालले आफुले वितरण केन्द्रबाट पाउनुपर्ने कुल २ करोड ५६ लाखमा २२ लाख शुरुवातमा लिएको र पछि सामान खरिदका लागि ५७ लाख रनिङ बिलका रुपमा रकम पाएको जानकारी दिए ।

८० प्रतिशत काम सम्पन्न भईसक्दा समेत अझै बाँकी भुक्तानी नहुदाँ काम नै रोक्नु पर्ने अवस्था आएको उनले गुनासो गरे । उता कोहलपुर वितरण केन्द्रलाई नगर विकास समितिले ७३ लाख रुपैयाँ दिन बाँकी रहेको पाईएको छ । उनका अनुसार बारम्बार पत्राचार गर्दा समेत नगर विकास समितिले रकम उपलब्ध गराएको छैन् । वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले बारम्बार नगर विकास समितिलाई सम्झौता अनुसार रकम उपलब्ध गराउन पत्राचार गर्दा पनि सुनुवाई नभएको गुनासो गरे ।

‘हामीले केन्द्रबाट ७ पटक सम्म भुक्तानीको लागि पत्राचार गरि सकेउ’ उनले भने, ‘भुक्तानी नभएकै कारण काम लम्बिएको छ ।’ ठेगेदारले हामीलाई पैसा माग्छ, नगर विकास समितिले बाँकी रकम उपलब्ध गराउदा समय मै सम्पन्न हुनु पर्ने लम्बिएको उनको भनाई छ । मिसन टुडेसंगको कुराकानी लामिछानेले सरोकारवाला संगको सहकार्य र वेवास्ताका कारण समस्या उत्पन्न भईरहेको दाबी गरे । नगर विकास समितिका अध्यक्ष लुट बहादुर रावत यसबारे आफुलाई यर्थात जानकारी नभएको बताउँछन् ।

उनका अनुसार काम सम्पन्न भएको प्रगती विवरण समितिमा आए भुक्तानी दिन सकिन्छ । अहिले सम्म के कती काम भयो, कति प्रगती भयो नगर विकास समितिबाट जानकारी दिन बाँकी रहेको उनले बताए । २०७५ कात्तिकबाट शुरु भएको विस्तार कार्यको बाँकी २० प्रतिशत काम सम्पन्न हुन बाँकी रहेको छ । तोकिएको समय भन्दा अगाबै सकिने अवस्था भएपनि भुक्तानी मुख्य समस्या रहेको प्रतिनिधि धिताल बताउँछन् । अहिले वडाका विभिन्न सडकमा पोल ठड्याउने, तार हाल्ने खाल्डा खन्ने कार्य तिव्र रुपमा भईरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन २५ गते शनिबार