डुवानमा पर्ने समस्यालाई सावधान गर्नका लागि कुटनितिक पहल गर्ने सांसद अथकको माग



बाँके क्षेत्र नं. १ का संघिय सांसद महेश्वर गहतराज अथकले माग गरे अनुसार आइतबार सांसदको अन्तराष्ट्रिय सम्बन्ध समितीको २६औं बैठक बसेको छ ।

२६ आंै बैठककोे प्रारम्भमा सांसद अथकले भारतले मापदण्ड विपरित निर्माण गरिएको बाँकेको लक्ष्मणपुर बाँध, सीमा सडक ककद रोड, सर्जु नहर, कलकलहवा तटबन्धका कारण बाँकेमा डुबाव, कटान र पटानको ठुलो समस्या उत्पन्न भएको समितिलाई जानकारी गराएका थिए । डुबान र बाढिबाट हालसम्म सो क्षेत्रमा २० जनाको मृत्यु भइसकेको र ७५ लाख भन्दा बढी जनता पिडित भएको भन्दै अथकले कुटनैतिक तवरले समस्याको समाधान गर्न माग गरेका छन् ।

बाढिका कारण सो क्षेत्रका ५ हजार भन्दा बढी मानिसहरु बिस्थापित हुनुका साथै हजारौ बिगाहा जमिन बगरमा परिणत भएको उनले समितीलाई जानकारी दिए । लक्ष्मणपुर बाँध र सीमा सडकका कारण परम्परा देखी यथावत रहेको खोलानालाहरुको प्राकृतिक बाहव बन्द हुँदा सीमा क्षेत्रका दुबै देशका जनताले सास्ती खेप्नु परेको भन्दै साँसद अथले कुटनैतिक तवरले उक्त समस्याको समाधान हुनुपर्ने माग राखेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पबित्रा निरौलाको अध्यक्षतामा बसेको बैठकले उक्त सवाललाई गम्भीरतापुर्वक लिएको र आगामी बैठकमा परराष्ट्र मन्त्रालय, ग्रह मन्त्रालय, शसस्त्र प्रहरी महानिरिक्षक, उर्जा तथा जलस्रोत मन्त्रालय लगायतको सहभागितामा ब्यापक छलफल गरि निस्कर्षमा पुग्ने आस्वासन दिएको सांसद अथकले जाकारी दिएका छन् । सांसद अथकले केही समयअघी मात्र बाँकेको बघौडा क्षेत्रमा पुगी बाढीप्रभावित क्षेत्रको अनुगमन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन २० गते सोमबार