बाँकेको चौथो स्थानीय तहको रुपमा राप्तीसोनारी साक्षर गाउँपालिका घोषणा



शुभाकर विश्वकर्मा, कोहलपुर

बाँके जिल्लाको चौथो स्थानीय तहको रुपमा राप्तीसोनारी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । सोमबार एक भब्य समारोहका बीच गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । राप्तीसोनारी गाउँपालिकाका रहेका १५ देखी ६० वर्ष उमेर समूहका ९५ दशमलब ११ प्रतिशत नागरिक साक्षर भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले घोषणा गरे ।

साथै उनले आगामी एक वर्ष भित्र ६० वर्ष देखी माथि उमेर समूहका र १५–६० समूहका निरक्षर व्यक्तिलाई साक्षर बनाउन विभिन्न साक्षर कक्षा संचालन गरी पुर्ण साक्षर बनाउने जानकारी दिए । साक्षर घोषणा गर्नका लागि राप्ती सोनारी गाउापालिकाको प्रगती विवरण्ण प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र माझीले गाउँपालिकामा रहेका १५–६० उमेर समूहका ४८ हजार २६ जनसंख्या मध्य ४५ हजार ६ सय ७८ जना साक्षर भएके बताए ।

यस्तै २ हजार ३ सय ६९ निरक्षर रहेका उनले बताए । उनका अनुसार ९ वटा वडा मध्य वडा नम्बर १ मा ९५.३ प्रतिशत वडा नम्बर २ मा ९५.५ प्रतिशत र वडा नम्बर ३ मा ९४.३ प्रतिशत जनसंख्या साक्षर छ । यस्तै वडा नम्बर ४ मा ९५.२ प्रतिशत, वडा नम्बर ५ मा ९५ प्रतिशत तथा वडा नम्बर ६ मा ९५.३ प्रतिशत जनसख्या रहेको माझीले जानकारी दिए । यसैगरी वडा नम्बर ७ मा ९३.८ वडा नम्बर ८ मा सबैभन्दा बढि ९७ प्रतिशत र वडा नम्बर ९ मा ९५.८ प्रतिशत जनसख्या साक्षर रहेको छ । १५–६० उमेर समूहको जनसंख्यामा वडागत रुपमा सबै भन्दा बढि साक्षर वडा नम्बर ७ मा रहेको कुल ८ हजार २ ६९ जनसंख्यामा ७ हजार ७ सय ५६ र सबै भन्दा कम ३ हजार १ सय १५ जनसंख्यामा रहेको वडा नम्बर ९ मा २ हजार ८४ जना साक्षर छन् । ति दुई वडामा निरक्षर जनसंख्या क्रमश ः ५ सय १३ र १ सय ५२ रहेको छ ।

वडा नम्बर १ मा रहेको जम्मा ३ हजार ७ सय ८ जनसंख्यामा साक्षर ३ हजार ५ सय ३२ र निरक्षर १ सय ७३, वडा नम्बर जम्मा ६ हजार ६ सय ८ जनसंख्यामा साक्षर ६ हजार ३ सय १० र निरक्षर जनसख्या २ सय ९८ रहेको छ । यस्तै वडा नम्बर ३ मा जम्मा ४ हजार ८ सय १ जनसंख्या रहेकोमा साक्षर ४ हजार ५ सय २७ र निरक्षर २सय ७४ , वडा नम्बर ४ मा जम्मा ५ हजार ९ सय २ जना जनसंख्यामा रहेकोमा ५ हजार ६ सय १९ जना साक्षर र २ सय ८३ जना निरक्षर जनसंख्या छ ।

यसैगरी वडा नम्बर ५ मा रहेको जम्मा ४ हजार ९ सय ८१ जनसंख्यामा ४ हजार ७ सय ३३ जना साक्षर र २ सय ४८ जना निरक्षर, वडा नम्बर ६ मा रहेको जम्मा ६ हजार २ सय ८२ मा साक्षर ५ हजार ९ सय ८७ र निरक्षर जनसंख्यामा २ सय ९५ छ । भने वडा नम्बर ८ मा रहेको जम्मा ४ हजार ३ सय ६३ जनसंख्यामा ४ हजार २ सय ३० साक्षर र १ सय ३३ जना निरक्षर रहेका छन् ।

राप्तीसोनारी गाउँपालिकामा जम्मा जनसंख्या ७२ हजार ३ सय ९८ र कुल घरघुरी १३ हजार ३ सय ३६ रहेको छ । यसअघि बाँकेका तीन स्थानीय तह कोहलपुर नगरपालिका खजुरा गाउँपालिका र जानकी गाउँपालिका साक्षर स्थानीय तह घोषणा भईसकेका छन् । साक्षर पालिका घोषणा गर्ने राप्तीसोनारी चौथो स्थानीय तह हो । जिल्ला साक्षर घोषणा अभियान कार्यक्रमले घोषणा रहेको प्रोत्साहनमा राप्तीसोनारी गाउँपालिकामा जिल्ला समन्वय समिति मार्फत शिक्षा क्षेत्रको विकासका लागि ६ लाख २५ हजार प्राप्त गरेको छ ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवका अनुसार बाँके जिल्ला मै सबै भन्दा पहिला साक्षर घोषणा गरेको कोहलपुर नगरपालिकाले ५० लाख, खजुरा गाउँपालिकाले २५ लाख र जानकी गाउँपालिकाले १२ लाख २५ हजार प्राप्त गरिसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार ३१ गते मंगलबार