सल्यान, १५ असार ।
सल्यान कपुरकोटमा एक सय पाँच जनाले अपांगता परिचयपत्र वितरण गरिएको छ । । परिवारका सदस्यको चासो कम र परिचयपत्र भए पछि व्यक्तिले पाउने सरकारी सुविधाबारे अनभिज्ञ रहँदा धेरै जना परिचयपत्र विहिन रहनुपरेको भन्दै कपुरकोट गाउँपालिकाले शिविरको आयोजना गरेर परिचयपत्र वितरण गरेको हो ।
गाउँपालिकाको दुई स्थानमा आयोजना गरिएको शिविरबाट पाँच जनाले क वर्गको, २५ जनाले ख वर्गको, ४४ जनाले ग वर्गको र ३१ जनाले घ वर्गको अपांगता परिचयपत्र प्राप्त गरेको गाउँपालिकाका सहायक महिला विकास निरिक्षक पुष्पा शर्माले जानकारि दिइन् । उनका अनुसार गएको असार १२ गते रीम स्थीत तीन डाँडा र १३ गते कपुरकोट बजारमा शिवीर सञ्चालन गरिएको थियो ।
अपांगता भएका ब्यक्तिहरुलाइ सामाजिक प्रोत्साहन, उत्प्रेरणा र अवसर प्रदान गर्न आफुहरु सचेत रहेको जनाउँदै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले अपांगता भएका ब्यक्तिहरुले पाउने सुविधाबारे सचेत नागरिकले जानकारि गराउनुपर्ने बताए । उनले भने, ‘अपांगता भएकाहरुले सार्वजनिक यातायात र स्वास्थ्य उपचारमा छुट पाउछन् ।
त्यसको उपभोगका लागि स्वयम उपांगता भएकाहरु अग्रसर हुनुपर्छ ।’ अपांगता भएका ब्यक्तिहरुलाइ सेवा सुविधामा पहुँच स्थापित गर्न र त्यस प्रकारका सेवा सुविधाको लागी कपुरकोट गाउँपालिकाले योजना बनाएर अघि बढ्ने गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले बताइन् । गाउँपालिकाले नयाँ परिचयपत्र प्राप्त गरेकाहरुसंग पुरानो परिचयपत्र खिचेको थियो । डाक्टर सहितको टोलि परिचयपत्र वितरणमा खटेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले बताए ।
यसैविच अपांगता भएका ब्यक्तिहरुले स्थानिय तहमा जनप्रतिनिधीहरु आएपछि गाउँमै परिचयपत्र पाउँदा खुसि ब्यक्ति गरेका छन् । तर अपांगता भएकाहरुले राज्यबाट पाउनुपर्ने सुविधा पाउन नसकेको गुनासो गरेका छन् । क वर्गको परिचय पत्र प्राप्त गरेका कपुरकोट ४ धनवाङ निवासि रेशम रावतले समाजमा अपांगता भएका ब्यक्तिलाइ हेर्ने दृष्टीकोण बदलिनुपर्ने बताए । उनले भने, ‘समाजमा अझै अपांगता भएकाहरुलाइ पूर्वजन्मको सजाय हो भन्ने गलत सोँच ब्यप्त छ । यो सोँच हटाउनुपर्छ र अपांगता भ एकाहरुले साथ सहयोग पाए भने सपांग सरह काम गर्न सक्छन् ।’
गाउँपालिका अध्यक्ष सेनको हात बाट परिचयपत्र पाएपछि कपुरकोट ६ का देवीलाल महतारा खुसि देखिएका थिए । उनले भने, ‘पालिकाले गाउँमै आएर परिचयपत्र दिएको छ । अव अपांगता भएका ब्यक्तिहरुलाइ सिप दिएर आत्मनिर्भर बनाउनुपर्छ ।’ अपांगता भएका ब्यक्तिहरुको गाउँपालिका स्तरिय सञ्जालका अध्यक्ष यज्ञ विकले आफुहरुका लागी गाउँपालिकाले सहयोग गरिरहेको बताए । अझ सहयोगलाइ निरन्तरता दिदै नयाँ खालको कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्