बर्दियामा प्रेसर कुकर बम फेला, सुरक्षा व्यवस्था कडा



बर्दिया- प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका दिन बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कर्तनिया चोक र सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्तरगत डिभिजन वन कार्यालयनजिक प्रेसर कुकर बम भेटिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डीएसपी मदनजीत महराले बताए

उनका अनुसार बम भेटिएका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निक्रिय पार्ने काम गरिरहेको प्रहरीले जनाएकाे छ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार १० गते मंगलबार