बर्दिया ।
बर्दियाको बाँसगढीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बर्दिया बाँसगढीको आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ‘रक्तदान नै जीवन दान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको रत्तदान कार्यक्रमा ३० जना रक्तदाताले रगत दान गरेका छन् ।
आयोजक लायन्स क्लव अफ बाँसगढीका अध्यक्ष श्री रामचन्द्र लामिछानेले आकस्मिक अवस्थामा रगत अभावमा धेरैले अकालमा ज्यान गुमाउने गरेको भन्दै आपत्तकालिन अवस्थामा आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
‘रक्तदान कार्यक्रममा स्थानीयको सक्रिया सहभागिता रहयो, उनले भने, ‘स्थानीयको सक्रियता प्रति हामी निकै आभारी छौ ।’ विभिन्न संघ सस्थाको सहयोगमा समाज सेवाका कार्य गर्दै आएको उनको भनाई छ ।
यसैगरी सि.जि.फुड्ई ईन्टरप्राईजेज प्रा.लि.कम्पनीको तर्फबाट कम्पनी प्रमुख श्री राजीव सिंह राजपुतले बर्दिया जिल्लाका विभिन्न स्थानमा सामाजिक कार्यहरुमा सहकार्य गर्दै आएको बताए । नेपाल रेडक्रस सोसाईटी नेपालगंजको प्राविधिक सहयोग र सि.जि.फुड्ई ईन्टरप्राईजेज प्रा.लि.बाँसगढी ३ बर्दियाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।









प्रतिक्रिया दिनुहोस्