कोहलपुरका डिएसपी रमेश बहादुर सिंहलाई कारवाही गर्न मानवअधिकार आयोगको निर्देशन



कोहलपुर ।

मानवअधिकार आयोगले इलाका प्रहरी कार्यालयका डिएसपी रमेश बहादुर सिंहलाई कारवाहीको निर्देशन दिएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गरी आयोगले डिएसपी सिंहलाई कारवाही गर्न निर्देशन दिएको हो ।

आयोगको नेपालगन्ज स्थित शाखा कार्यालयमा जबर्जस्ती छिर्न खोजेको भन्दै आयोगले डिएसपी सिंहलाई कारवाही गर्न नेपाल प्रहरीका महानिरीक्षकलाई निर्देशन दिएको हो ।

जिल्ला अदालत बाँकेबाट साधा तारेखमा छुटेका विप्लव नेतृत्वका नेकपा नेता दान बहादुर फडेरा पुनः पक्राउ पर्ने डरले नेपालगन्ज स्थिति आयोगको शाखा कार्यालयमा शरण लिन पुगेका थिए । फडेरा आयोग पुगेपछि प्रहरीले आयोगको कार्यालयलाई कडा निगरानीमा राखेको छ ।

यता ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमशेबहादुर सिंहले अपराधीलाई आयोगले लुकाएर राख्न नपाउने बताएका छन् ।

उसलाई प्हरीले जसरी पनि समाउँछ डिएसपी सिंहले भने ‘तर, आयोग कार्यालय भएको क्षेत्र आफनो कार्यक्षेत्रमा नपर्ने भएकोले म त्यहाँ गएको छैन् ।’ म त्यहाँ गएकै छैन त मैले कसरी धम्की दिए उनले भने‘ यो गलत हल्ला हो ।’

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ९ गते सोमबार