कोहलपुर ।
बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा रहेको नेपाल विद्यार्थी संघ एकाई कार्य समितिद्वारा क्याम्पसको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । नेविसंघको आफ्नो ४९ औं स्थापनाको अवसर पारेर क्याम्पसको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी चौधरीका अनुसार विद्यार्थीहरुले सचनात्मक र सिर्जनात्मक कार्य गरेको बताईन् । त्यस्तै नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले क्याम्पसको शैक्षिक क्षेत्रमा गुणस्तिरीय र विकास गर्नका लागि आफ्नो संगठन तत्पर लागेको बताए ।
राजनितिक आधारले कुनै विद्यार्थीलाई हेरिनुहुदैन सबै सम्मान हुनुपर्छ उनले भने सबै संगठनहरुलाई सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, नेविसंघका यूवा नेता यज्ञ बहादुर महरा, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति टेकेन्द्र महतारा, नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई कार्य समितिका सभापति राम प्रसाद पाण्डे लगायतको उपस्थित रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्