कोहलपुरमा एकाबिहानै प्रेसरकुकर बम, फेला हेर्नुहोस भिडियो सहित ।



कोहलपुर ।बाँकेको कोहलपुरमा बिहीबार बिहानै मुख्य राजमार्गमा नै प्रेसरकुकर बम फेला परेको छ ।इलाका प्रहरी कार्यालयबाट १५ सय मिटर टाढा रहेको कृषि बजार अगाडिको मुख्य राजमार्गमा प्रेसरकुकर बम फेला परेको हो ।अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीले बम भेटिएको स्थानलाई आफ्नो नियन्त्रणमा लिएको छ । कोहलपुर प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली आउँदै छ ।प्रतिबन्धित बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा बिहानै सो शंकास्पद बस्तु भेटिएको हो ।इलाका प्रहरी कार्यालय कोहलपुरले भने पुर्व पश्चिम राजमार्गमा प्रेसरकुकर बम जस्तो शङ्कास्पत वस्तु भेटिएको जनाएको छ । एका बिहानै कोहलपुरमा बम भेटिएपछि सुरक्षामा कडाई गरिएको छ ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ५ गते बिहीबार