कर्णाली नदीमा बेपत्ता भएका कोहलपुरका दुई युवाको शवं भेटियो



कोहलपुर ।बर्दियाको कर्णाली (गेरुवा) नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका कोहलपुरका दुई युवकको शवं मंगलबार बिहान भेटिएको छ । नयाँ बर्षका दिन आइतबार कर्णाली (गेरुवा) नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

आइतबार दिउँसो ४ बजेतिर कर्णाली (गेरुवा) नदीमा पौडी खेल्ने क्रममा एकैसाथ दुई युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाको जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यू हुनेमा बाँके कोहलपुर नगरपालिका निवासी १९ वर्षिय दिपेन्द्र कार्की र कैलालीको लम्की घर भई कोहलपुर बस्दै आएका १९ वर्षीय प्रज्ज्वल कोइराला रहेका छन् ।

नेपालकै लामो पक्की पुल रहेको कोठियाघाटस्थित नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका थिए । ६ जनाको समुहमा घुम्न गएका उनीहरु सबैजना पौडी खेल्दै थिए ।

सोही क्रममा दुईजना बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ४ गते बुधबार