संस्कृती जोगाउन निरन्तरता



कोहलपुर।

बाँकेको कोहलपुर देउडा संस्कृती जोगाउन कार्यक्रम गरिदै आएको छ । सोही क्रममा सोमबार ‘मध्य तथा सुदुरपश्चिम देउडा सांस्कृतीक पहिचान’ भन्ने मुल नाराका साथ कोलिकोट एकता समाजले एक कार्यक्रम आयोजना गरेको थियो ।
नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदानका साथै पछिल्लो समय नयाँ पुस्ताले भुल्न थालिसकेको देउडा संस्कृतीको संरक्षणको लागि कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष खड्क बहादुर शाही बताए । ‘नयाँ पुस्ताले बिस्तारै देउडा संस्कृती भुल्दै जान थालिसकेका छन्’ उनले भने,‘त्यसलाई जोगाउनको साथै नयाँ पुस्तालाई जानकारी दिनको लागि पनी कार्यक्रम गरिएको हो ।’ पश्चिमेली एकता समाजका अध्यक्ष नर बहादुर खड्का, सहकारी संघ प्रदेश ५ का अध्यक्ष प्रेम सुवेदी र इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्त बहादुर हमाल लगायतले कार्यक्रममा बोलेका थिए । उनीहरुले देउडा संस्कृती नयाँ पुस्ताबाट हराउदै जान थालेको भन्दै संरक्षण गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ३ गते मंगलबार