कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा नारी दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी विच मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको हो । खेलमा कर्मचारीले ४ गोलको अन्तरले विजयी भएका थिए ।
मैत्रीपुर्ण खेलमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्रीले २ र कर्मचारी प्रेम शाहले २ गोल गरे । जनप्रतिनिधीको टिमले गोल गर्न सकेन । खेलमा सहयोग गर्ने शिवालय युवा क्लबका पदाधिकारीलाई फुटबल तथा खेलका अन्य सामाग्री बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले हस्तान्तरण गरेका थिए ।
प्रकाशित मिति : २०७५ फागुन २५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्