एन प्याब्सन बर्दियाको अध्यक्षमा पुनः गिरी



कोहलपुर ।

निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन एन प्याब्सन बर्दियाको अध्यक्षमा पुनः बुद्दि गिरी चयन भएका छन् ।

बर्दियाको बाँसगढीमा सम्पन्न चौथो जिल्ला अधिबेशनबाट अध्यक्षमा पुनः गिरी दोहोरिएका हुन् ।

जसको उपाध्यक्षमा हेमराज विसी, सचिवमा चन्द्र विक, कोषाध्यक्ष राजन चौधरी चयन भएका छन् ।

त्यसैगरी एन प्याब्सन बर्दियाको सदस्यहरुमा एमलाल भाट, जितेन्द्र चन्द, केशव टमाटा र कृष्ण थारु निर्विरोध निर्वाचित भए । नवनिर्वाचित अध्यक्ष गिरीले जिल्लाका निजि तथा आवासिय विद्यालयहरुका हक हितमा काम गर्ने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन १५ गते बुधबार