कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको डाइनामिक माध्यमिक विद्यालयले आफ्नो १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिक उत्सव तथा अभिभावक दिवसको आइतबार प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) ले उद्घाटन गरिन् । राज्यले पुरा गर्नुपर्ने दायित्व निजी क्षेत्रले पुरा गरेको भन्दै उनले राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सँगसँगै अगाडी लैजानुपर्ने आवश्यकता रहेको बताइन् ।
भौतिक सामाग्रीहरुको निर्माणले मात्र समृद्ध मुलुक नबन्ने भन्दै प्रदेश सांसद नमुनाले दक्ष जनशक्ति उत्पादन तथा निर्माणमा जोड दिनसके मात्रै समृद्ध मुलुक निर्माण गर्न सकिने दाबी गरिन् । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले बालबालिकाहरुको पहिलो पाठाशाला घर भएकोले घरबाट नै धेरै कुराहरु सिक्ने बताए । उनले नगरपालिकाको नीतिअनुरुप नगरपालिका भित्रका निजी तथा समामुदायिक विद्यालयहरु सबैले प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताउँदै यस कार्यमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।
विद्यालयका प्रिन्सिपल रविन्द्र सुवेदीले डाइनामिक मावि स्थापनाको मुख्य उद्देश्य नै गुणस्तरीय शिक्षा प्रदान गर्नु भएको भन्दै अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई प्रशस्त समय दिनुपर्ने बताए । गुणस्तरीय शिक्षा प्रदानमा शिक्षक, अभिभावक, विद्यार्थीहरुको त्रिकोणात्मक सम्वन्ध हुने उनले भनाई रहेको थियो ।
कार्यक्रममा प्याव्सन कोहलपुर नगरकमिटीका अध्यक्ष यम रावत, संस्थापक सदस्य होम प्रकाश सुवेदी, विद्यालयका अध्यक्ष ईश्वर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा विद्यालयमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिनुका साथै विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत देखाएका थिए ।










प्रतिक्रिया दिनुहोस्