कोहलपुर फाल्गुन, ०५/ अवैध बोइलर कुखुराका चल्ला सहित बाँके प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक भरत सिंह राठोरको नेतृत्मा खटिएको टोली कोहलपुरको एनसीसीएनबाट ४ हजार बढी बोइलर कुखुराका चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अमिन सिद्धिकी र ललो गौतम रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानपछि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ फागुन ५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्