लैङ्गिकमैत्री वातावरण र बालविवाह न्युनिकरण’ सम्बन्धि अभिमुखिकरण



कोहलपुर—१९, बाँकेको बैजनाथमा ‘लैङ्गिकमैत्री वातावरण र बालविवाह न्युनिकरण’ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्याक नेपालको आयोजना र बैजनाथ गाउँपालिकाको समन्वयमा गाउँपालिका अन्तरगतका अगुवा माध्यमिक विद्यालयहरुबीच अभिमुखिकरण शुक्रबार सम्पन्न भएको हो । बाल विवाह रोकथाम परियोजना अन्तरगत स्याकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र सामाजिक शिक्षकहरु बीच अभिमुखिकरण गरेको थियो ।

स्याक नेपालका बाँकेका अध्यक्ष शिवलाल पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै बालअधिकारको बारेमा जानकारी दिने उपयुक्त स्थान विद्यालय रहेको र बालविवाह न्युनिकरणमा पनि शिक्षक र अभिभावकको बिशेष भूमिका रहने बताए । अधिवक्ता बसन्त गौतमले मानव अधिकार, बाल अधिकार, बालअधिकार महासन्धी र त्यसमा उल्लेख गरिएका अधिकारहरु, मौलिक हकमा बालअधिकार, बालबालिका संबन्धि ऐन २०७५ र मुलुकी ऐन अपराध (संहिता) ऐन लगायतका कानुनी विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
सामाजिक विकास समितिका संयोजक गुमान बहादुर दमाईले बालबालिकाको गुणस्तर वृद्धि गर्न र बालबालिकाको स्तर उन्नतिका लागि गाउँपालिकामा बजेट विनियोजन गरिएको बताए । सहभागिको तर्पmबाट सूर्योदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुमित्रा न्यौपानेले विद्यालयमा पहिलेको तुलनामा बालविवाह न्युनिकरण हुँदै गएको कुरा बताउँदै विद्यालयमा बालअधिकारको बारेमा जानकारी गराउनका लागि अभिमुखिकरण कार्यक्रम सँगसँगै अतिरिक्त क्रियाकलापमा समेत यस्ता बिषयवस्तु समावेश गर्नुपर्ने बताइन् । बाल संरक्षण समितिका संयोजक तथा गाउँपालिकाका उपप्रमुख शारदा कुमारी बि.क.ले बालबालिकाका लागि गरिने हरेक कार्यक्रममा आपूmहरु सहकार्य गर्न तयार रहेको कुरा बताउँदै ज्ञानको ज्योति बाड्ने स्थान विद्यालय भएकोले शिक्षकहरु प्रति आप्mनो सधै आदर सम्मान रहेको र शिक्षकले अभैm थप जिम्मेवार र इमान्दार बनेर कार्य गर्न लागि अनुरोध गरीन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ माघ १९ गते शनिबार