लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम सफल बनाउन समिति गठन



कोहलपुर/   लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सफल बनाउन समिति गठन गरिएको छ । मंगलबार कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीको संयोकत्वमा बसेको सर्वपक्षिय बैठकले कार्यपालिका सदस्य नारायणी वलीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा कार्यपालिका सदस्यकल्पना शर्मा, गीता सुनार, संघसंस्थाबाट लोकेन्द्र सुनार,शंकर न्यौपाने सहकारीबाट दुर्गा के.सी र संचारक्षेत्रबाट अनिता विश्वकर्मा चयन भएका छन् ।

आगामी मंसिर २४ गते गरिने वृहत ¥याली, रक्तदान तथा दीप प्रज्वलन कार्यक्रम सफल बनाउन समिति गठन गरेको बताइएको छ । समिति गठन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १९ गते बुधबार